‘वीर गणेशमान सिंह १०के रोड रेस’ चैत तेस्रो साता

सोमबार, २९ फागुन २०७९
काठमाडौं । चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत तेस्रो साता बक्सिङ प्रतियोगिता हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरको दुई प्रतियोगिताका लागि मिति सार्वजनिक गरेको हो । स्पोर्ट्स कमिटीले वीर गणेशमान सिंह चौथो संस्करणको १० के रोड रेस चैत ११ गते र बक्सिङ चैत २१ देखि २५ गतेसम्म आयोजना गर्ने जनाएको हो । रोड रेस दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुनेछ । रोड रेसमा महिला र पुरुषतर्फ गरी दुवै स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा खेलाडीले सहभागिता संख्या भने अर्को पत्रकार सम्मेलनमा जानकारी दिने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले महिला पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार पाउनेछन् । चौथोले १० हजार र पाँचौंले ५ हजार पाउनेछन् । यस्तै रोड रेसमा कीर्तिमान बनाउनेले १० हजार पाउनेछन् । यस्तै चैत २१ देखि २५ सम्म बक्सिङ प्रतियोगिता आयोजना हुने जनाएको छ । वसन्तपुर डबलीमा आयोजना हुने बक्सिङमा महिला र पुरुष गरी ६–६ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दियो । बक्सिङमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले समान ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताको खर्च ४५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार