काठमाडौं । नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट काठमाडौंमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने भएका हुन् ।फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । जस अन्तर्गत शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । फाइनल खेल चैत १७ गते हुनेछ ।
यसअघि घरेलु टोली नेपालले लाओससँग चैत ८ गते खेल्दा प्रतियोगिताको उद्घाटन हुनेछ । यस्तै चैत ११ गते भुटान र लाओस भिड्नेछन् भने त्यस्तै चैत १४ गते नेपाल र भुटानबीच लिगको अन्तिम खेल हुनेछ ।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आरम्भ गर्नेछ ।
प्रतिक्रिया