काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ८९ हजार ९०० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया