जोमसोम : मुस्ताङको लोमानथाङ्ग गाउँपालिका – ५ को सिमसार मैदानमा पहिलो पटक कालो घाँटी भएको क्रेनको जोडी भेटिएको छ ।
हिमाली जिल्ला मुस्ताङ्गको भूगोलमा यसअघि कालो घाँटी भएको क्रेन देखिएको कुरा स्थाीनयहरूले भनियता पनि प्रमाणित भएको थिएन् । २०८२ बैशाख २२ गते बिहान घोडा हेर्न गएका सुनिल बि.क.ले कालो घाँटी भएको क्रेनको जोडी देखेर आफ्नो मोबाइलमा कैद गरेका थियो ।
कालो घाँटी भएको सारस (ब्ल्याक नेक क्रेन) एसियामा मध्यम आकारको क्रेन हो जुन तिब्बती पठार र भुटानको दुर्गम भागहरूमा वर्षनी बसाईसराई गर्छन् । तिनीहरू पश्चिमी तिब्बत र भुटानको बीचमा बसाइँ सर्छन्, उत्तर तर्फबाट हिमालयको समानान्तर उडान गर्छन् ।
उपल्लो मुस्ताङ्गको स्थानीय भाषामा यसलाई झ्याठुङ्गठुङ्ग (कर्मो) भन्ने गरेको पाइन्छ । सन् २०१९ को भदौ महिनामा चीनको सीमाना आसपासको पानी जमेको ठाउँमा सात÷आठ वटा यहि प्रजातिको क्रेन देखेको लोमाङ्गथाङ्ग गाउँपालिका –२ का वडा अध्यक्ष कर्मा नाम्गेल गुरुङ्गले बतताए ।
‘लामो दुरी सम्म उड्ने चरा र राम्रो देखिने भएको कारणले होला हामीले हाम्रो स्थानिय भाषामा झ्याठुङ्गठुङ्ग (कर्मा) हामीलाई तपाईको आर्केसर्क र लामो पखेटा दिनुस म सबैलाई लोब्याउदै गाउँ घुमेर आउछु भनेर स्थानियहरू हाल सम्म गाउँमा गीत गाउने गरिन्छ’ गुरूङ्गले भने ।
यो कालो घाँटी भएको सारस बच्चा कोरल्न लोमानथाङ आएको हुन सक्ने सारस संरक्षणकर्ता राजेन्द्र सुलवालले बताए ।
‘यो प्रजातिको क्रेनलाई नेपालमा धेरै दुर्लभ मानिन्छ । उनले भने, ‘हाल सम्म हुम्लाको लिमी उपत्यकामा यसले गुँड बनाएको रेकर्ड गरिएको थियो, र पोखरामा एउटा घुमन्ते कालो घाटि भएको सारस देखिएको छ ।’
यो बौद्ध परम्पराहरूमा सम्मानित छ र यसलाइ भुटान र तिबतमा शान्ति,दिगायु, पवित्र, भफदारी, शुभ दिनको प्रतिकको रूपमा लिने गरेको संरक्षण विज्ञ डा.शैलेन्द्र थकालीले बताए ।
भुटानमा यसको संरक्षणको लागि छुट्टै संरक्षण क्षेत्र स्थापना भएको छ । त्यहाँ वर्षनी सयौँ पर्यटकहरू कालो घाटि भएको सारस हेर्न त्यहा पुग्ने गरेको पाइन्छ ।
साथै कालो घाँटी भएको सारसको आगमनमा भुटानको फोबझिका उपत्यकामा वार्षनी नोबेम्बर महिनामा महोत्सव मनाउने गरेको थकालीले बताए । महोत्सव मनाउदा आशिस पाउने र बाली राम्रो फस्टाउने विश्वास त्यहाँको स्थानियले गरेको पाइन्छ ।
कालो घाँटी भएका सारसहरूको विश्वव्यापी जनसंख्या लगभग १० हजारदेखि १२ हजार रहेको अनुमान गरिएको छ ।
यी सारसहरू चीन, भारत र भुटानमा कानुनी रूपमा संरक्षित छन् । यो सारसलाई आइसियुनको रातो सूचीमा खतरा नजिक पुगेकोे प्रजातिहरूको रूपमा सूचीकृत गरिएको छ ।
यसलाई भारतको लद्दाख राज्यले ‘राज्य चरा’ को रूपमा मानेको छ ।
प्रतिक्रिया