प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु, बैठकअघि शीर्ष नेताहरूबीच छलफल

विहीबार, २५ बैशाख २०८२

काठमाडौँ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

बैठक सुरु हुनु अघि बालुवाटारमै सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छोटो समयको छलफल भएको थियो। छलफलमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, र परराष्ट्रमन्त्री डा। आरजु देउवा राणा सहभागी थिए।

बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा सुरक्षा मामिलामा छलफल हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार