काठमाडौँ । राष्ट्रिय सभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यस अघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।
आजको संसद्को बैठकमा सांसदहरूले राखेका विभिन्न संशोधनहरू अस्वीकृत भएका थिए । अध्यक्ष नारायण दाहालले ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल सुरु गरिएको थियो ।
प्रतिक्रिया