काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहका पूर्वसचिव डा.फणीराज पाठकलाई ‘श्री ५’ शब्द प्रयोग गरेको आरोपमा सुरक्षा निकायले पक्राउ गरेको छ।
सार्वजनिक रूपमा जारी एक विज्ञप्तिमा उक्त शब्द लेखेकै आधारमा उनीमाथि कारबाही गरिएको स्रोतले जनाएको छ।
डा. पाठकलाई यसै कारण हिरासतमा राखिएको खबर बाहिरिएपछि नागरिक समाज, सामाजिक सञ्जाल प्रयोगकर्ता र राजनीतिक विश्लेषकहरूबाट तीव्र आलोचना सुरु भएको छ।
गणतन्त्रको युगमा अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित हुनु विडम्बनापूर्ण भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन्।
"शासन प्रणाली जेसुकै होस्, विचार राख्ने र अभिव्यक्त गर्ने अधिकार नागरिकको मौलिक हक हो," एक सामाजिक अभियन्ताले भने, "यो घटनाले अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।"
प्रतिक्रिया