अछाम : अछाममा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चौरपाटी गाउँपालिका-१ बस्ने २६ वर्षीय डबलबहादुर थापा रहेका छन् । उनलाई प्रहरीले शनिबार बेलुकी पक्राउ गरेको हो ।
थापाले ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैबीच, दाङमा ७ वर्षीया बालिकालाई जर्जस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टा बस्ने ७५ वर्षीय गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुढाथोकीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया