काठमाडौं : पाथीभरा क्षेत्रमा प्रस्तावित केबलकार निर्माणविरुद्ध स्थानीय संरक्षणकर्मीहरूले पुनः आन्दोलन चर्काउने चेतावनी दिएका छन्। मुक्कुमलुङ ९पाथीभरा० क्षेत्रको सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व खतरामा परेको भन्दै स्थानीय लिम्बु समुदाय तथा संरक्षणवादीहरू आन्दोलनमा उत्रिन लागेका हुन्।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरूले ‘उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लङ्घन र जबर्जस्ती विकास योजनाविरुद्ध’ आन्दोलन गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पत्रकार सम्मेलनमा बोलेका अनुसार राज्य र केबलकार पक्षधरहरूको मिलेमतोमा भिजिलान्ते हिंसा, गोलीकाण्ड र गिरफ्तारीजस्ता गम्भीर मानवअधिकार उल्लङ्घन भएका छन्।
हालै सर्वोच्च अदालतले पाथीभरा केबलकार परियोजनालाई रोक्ने अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि निर्माणको बाटो खुलेको थियो। न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सो आदेश दिएको थियो।
यस फैसलापछि लिम्बु समुदाय आक्रोशित बनेका छन्। उनीहरूले मुक्कुमलुङ क्षेत्रको मुन्धुमी ९आदिवासी(जनजातीय० सांस्कृतिक मूल्य र धार्मिक आस्थामाथि खतरा पुगेको भन्दै आन्दोलन घोषणा गरेका हुन्। अघिल्ला चरणका आन्दोलनमा प्रहरीद्वारा बल प्रयोग हुँदा कयौं घाइतेसमेत भएका थिए।
प्रतिक्रिया