केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

सोमबार, ३० असार २०८२

काठमाडौँ : भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम् उद्योगी मीन बहादुर गुरुङले टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै खुसी लागेको बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित टियू शिक्षण अस्पताललाई हस्तान्तरण गरेको भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित भवनको उद्घाटन समारोहमा उनले स्वर्गीय बुबा र आमाको स्मृतिमा १० करोडको लागतमा भवन निर्माण भएको भन्दै यो हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । 

उनले भने, ‘टियू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै नै खुसी लागेको छ । २०६८ सालमा स्वर्गीय बुबा र आमाको स्मृतिमा १० करोडको लागतमा यो भवन निर्माण गरेर आज हस्तान्तरण गर्दैछौं ।’

यस्तै, उनले राष्ट्र र देशबाट केही पाइन्छ कि भन्ने भाव नराखी यस्ता कामहरू गर्दै जाने पनि बताए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार