काठमाडौं : तपाईँका मनपर्ने बलिउड कलाकारहरूले हिट हुनु अघि फिल्म सेटहरूमा ब्याक ग्राउन्ड डान्सर र एक्स्ट्रा कलाकारको रूपमा काम गरेका थिए भन्दा अचम्म लाग्न सक्छ । हो, अहिलेका चर्चित बलिउड कलाकार कुनै समयमा ब्याक ग्राउन्ड डान्सर थिए, जसले पछि निकै ठुलै सफलता हासिलसमेत गरे । आउनुहोस, उनीहरूका बारेमा जानौँ ।
१. शाहिद कपूर:-
शाहिदले आफ्नो करियर श्यामक डावरको नृत्य समूहबाट सुरु गरेका थिए । ‘दिल तो पागल है’ र ‘ताल’ जस्ता फिल्महरूमा ब्याकग्राउन्ड डान्सरको रूपमा काम गरेका उनीले ‘इश्क विश्क’ बाट अभिनयमा डेब्यू गरे । आज उनी ‘हैदर’, ‘कबिर सिंह’ जस्ता फिल्मका लागि बहुचर्चित छन् ।
२ रणवीर सिंह:-
रणवीरले ‘कोई मिल गया’ र ‘कभी खुशी कभी गम’ जस्ता हिट फिल्ममा ब्याकग्राउन्ड डान्सरको रूपमा पाँच वर्ष बिताए । ‘ब्यान्ड बाजा बारात’ मा डेब्यू गरेका उनी आज ‘पद्मावत’, ‘गली ब्वाय’ जस्ता फिल्ममार्फत स्टार बनेका छन् ।
३ दिया मिर्जा:-
दियाले तमिल फिल्म ‘एन स्वासा कात्रे’को गीत ‘जुम्बलाक्का’ मा डान्सरको रूपमा काम गरिन् र त्यसबाट कमाएको पैसाले आफ्नो मोडलिङ पोर्टफोलियो तयार पारिन् । पछि ‘रेहना है तेरे दिल मे’, ‘सञ्जु’ जस्ता फिल्ममा सफलता प्राप्त गरिन् ।
४ अरशद वारसी:-
आर्थिक समस्याका कारण अकबर सामीको डान्स समूहमा काम गरेका अरशदले ‘रूप की रानी चोरों का राजा’ फिल्ममा कोरियोग्राफी गरे । ‘तेरे मेरे सपने’ बाट अभिनय यात्रा सुरु गरेपछि ‘मुन्नाभाई’ सिरिजमा ‘सर्किट’को भूमिकाबाट लोकप्रिय भए ।
५ दीपिका पादुकोण:-
दीपिकाले ब्याकग्राउन्ड डान्सर र मोडलिङ गर्दै करियर सुरु गरिन् । हिमेश रेशमियाको भिडियो ‘आप का सुरुर’ मा देखिएपछि उनले ‘ओम शान्ति ओम’ बाट बलिउडमा डेब्यू गरिन् । ‘पद्मावत’, ‘पठान’ जस्ता फिल्महरूमार्फत उनी आज एक ग्लोबल आइकन बनेकी छन् ।
प्रतिक्रिया