काठमाडौं : मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘गोबर गणेश’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट १९ सेकेन्डको ट्रेलरले कथावस्तु र मुख्य पात्रको संघर्ष प्रस्तुत गरेको छ।
कथामा गाउँमा हुर्किएका मुख्य पात्र सहर पुगेर आफ्नो सपना पूरा गर्न संघर्ष गर्छन्। ट्रेलरले दर्शाउँछ, सहरमा उनीले विभिन्न चुनौतीको सामना गर्नुपर्छ।
फिल्मको निर्देशन र मुख्य अभिनय मरिचमान स्वयम ले गरेका हुन्। टिभी श्रृंखलाबाट चर्चित भएका उनी यस फिल्मबाट ठूलो पर्दामा पाइला चाल्दैछन्।
फिल्ममा पदम तामाङ, पूजन घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ, विशाल पहाडी लगायतको अभिनय रहेको छ। बल्छी धुर्बे फिल्म्सले निर्माण गरेको यो फिल्म १ माघदेखि प्रदर्शनमा आउने तयारीमा छ।
प्रतिक्रिया