संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित एक होटलबाट जुवातास खेल्दै गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले खगेन्द्र बहादुर कार्कीले संचालन गर्दै आएको दिपा होटल एण्ड लजमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा खाँदबारी–९ का ५२ वर्षीय ढोकल बहादुर कार्की, ४४ वर्षीय प्रकाश कुमार बस्नेत, ५० वर्षीया गोमा अधिकारी बोहरा, ५८ वर्षीय खगेन्द्र बहादुर कार्की, ४३ वर्षीय विकास ढकाल, ३५ वर्षीय सञ्जीव पोखरेल, ३५ वर्षीय सुरेन्द्र श्रेष्ठ, ४७ वर्षीय गजेन्द्र बहादुर कटुवाल र भोजपुर साल्पासिलिछो गाउँपालिका–४ का ४१ वर्षीय फुर्लाक्पा शेर्पा रहेका छन्।
गोप्य सूचनाको आधारमा गरिएको कारबाहीमा उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया