मोरङ : मोरङको रंगेली नगरपालिकामा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ। रंगेली नगरपालिका–६ निवासी रविन कुमार महतोका दुई वर्षीय छोरा आयुस महतोको मृत्यु भएको हो।
बालक आफ्नै घरअगाडि खेलिरहेको समयमा नजिकै रहेको पोखरीजस्तो पानी जमेको खाल्डोमा डुबेर गम्भीर घाइते भएका थिए। उनलाई आफन्तहरूले तत्काल उद्धार गरी उपचारका लागि रंगेली अस्पताल पुर्याए पनि अस्पतालमा उपचारको क्रममा १७:४५ बजे डाक्टरले मृत घोषणा गरेका छन् ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली खटिएको छ। टोलीले घटनास्थलमा पुगेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ।
प्रतिक्रिया