पोखरा । पोखराबाट चितवन तथा काठमाडौँ आउने पर्यटक गाडीलाई आज पनि स्कर्टिङ गरिएको छ ।२० पर्यटक गाडी मध्ये १७ वटा काठमाडौँ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको प्रहरीले जानकारी दिएको हो ।
यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तीर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंतर्फ ल्याइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलिले स्कर्टिङ गरेको हो ।
ती सवारीसाधनमा ६ सय बढी यात्रुहरू रहेका छन् ।
प्रतिक्रिया