सप्तरी : सप्तरीमा प्रहरीले खैरो हेरोइनसहित दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बडिबिरपुर–१ का विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय रहेका छन्।
प्रहरीका अनुसार ती दुुवै जनालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका व्यक्तिहरूको साथबाट २ सय ग्राम खैरो हेरोइन बरामद गरिएको छ। अहिले उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रतिक्रिया