रुपन्देही : रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा परेर मायादेवी गाउँपालिका–७ गर्गटी निवासी ६० वर्षीय राममिलन धवलको उपचारको क्रममा मृत्यु भएको हो। उनलाई गम्भीर अवस्थामा बुटवल अस्पताल पुर्याइएको थियो।
उक्त मोटरसाइकल धवलका छोरा ३० वर्षीय विनोद धवलले चलाएका थिए। दुर्घटनामा उनी गम्भीर घाइते भएका छन्। टाउको, हात र खुट्टामा चोट लागेको अवस्थामा उनलाई तत्काल भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
दुर्घटना मोटरसाइकल अनियन्त्रित भएर भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रतिक्रिया