सहयोग उठाएको पैसा के गर्दै छिन आशिका ? भन्छिन्,: ‘एक–एक रुपैयाँको हिसाब व्हाट्सएपमार्फत पठाइसकेको छु’

शुक्रबार, १७ असोज २०८२

काठमाडौँ : सामाजिक अभियन्ता आशिका तामाङले आफूले सङ्कलन गरेको आर्थिक सहयोगबारे उठाइएका प्रश्नलाई जवाफ दिएकी छन्।

फेसबुकमार्फत आक्रोश पोख्दै उनले सहयोग नगर्नेहरूले हिसाब माग्नु नै ‘छक्कलाग्दो’ भएको बताइन्।

तामाङले स्पष्ट पार्दै भनिन्, “जसले सहयोग गर्नुभयो, ती सबैलाई म एक–एक रुपैयाँको हिसाब व्हाट्सएपमार्फत पठाइसकेको छु। तर, सहयोग नै नगर्नेहरूले किन बारम्बार हिसाब खोज्छन् ? पैसा मलाई चाहिएको होइन, म त भात खान्छु, पैसा होइन।”

उनले घाइते र मृतकका परिवारलाई सहयोग पुर्‍याउन निरन्तर लागिरहेको बताउँदै अनावश्यक शङ्का गर्नेलाई कडा शब्दमा चेतावनी दिइन्।

 “जसलाई सहयोग चाहिन्छ, उनीहरूलाई कताबाट हुन्छ, कसरी हुन्छ भनेर खोजेर पनि रकम पुर्‍याइरहेकी छु। तर, अझै औँला नै मेरो तर्फ उठाइन्छ, यो दुःखद छ,” तामाङले भनिन्।

सामाजिक काममा संलग्न रहँदा आलोचनाले मन दुखाएको बताउँदै उनले थपिन्, “सहयोग गर्न म कसैलाई रोकेको छैन। तर, अरूलाई दोष लगाउनेभन्दा पहिले एक पटक आफ्नै नियत हेरौँ।”

WhatsApp Image 2025-10-03 at 07.39.03

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार