काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्।
विजयादशमी २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले समृद्धिको कामना गरेका हुन्।
राष्ट्रपति पौडेलले भनेका छन्, “सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद–टीका, जमरा र आशीर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ।
यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दछु।” उनले विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति र मानव जातिको कल्याण ल्याउने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया