आज दशैंको टीका : अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना

विहीबार, १६ असोज २०८२

काठमाडौँ :  दशैंको टीकाको दिन (बिहीबार) देशका धेरै ठाउँमा बदलीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव देखिएको छ, जसको असर टीकाको दिनभर कायम रहने अनुमान गरिएको छ। विभागका अनुसार आज दिनभर सामान्यतया आंशिकदेखि पूर्ण बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागहरूमा, साथै मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

बिहीबार राति पनि देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान छ।

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने देखिएको छ।

टीकाको दिन यात्रा वा अन्य गतिविधिमा सहभागी हुँदा मौसमको अवस्था विचार गर्न र आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार