काठमाडौँ : आज देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ ।
लुम्बिनीका तराई भू–भाग र कर्णाली तथा बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने विभागको अनुमान छ ।
त्यस्तै, कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराई भू–भागका साथै मधेशका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ ।
बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा समेत वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया