संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ- योगेश भट्टराई

मंगलबार, २० जेठ २०८२

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले गृहमन्त्री रमेश लेखकलाई संसदमा आफ्ना कुरा राख्न दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सचिव भट्टराईले एमालेको अडान हिजो र आज उस्तै भएको भन्दै गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिनुपर्ने बताएका हुन्  ।उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेको विषयमा काँग्रेसले विरोध गर्दा पनि आफूहरूले संसदमा लामिछानेले आफ्ना कुरा राख्न पाउनुपर्ने अडान राखेका थियौँ भन्दै अहिले पनि आफूहरू लेखकले बोल्न पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षीको अडान कायम रहेको बेला भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्-

हामी त हिजो पनि उही, आज पनि उही तत्कालीन गृहमन्त्री रवी लामिछानेमाथि सहकारी ठगीको आरोप सहित तत्कालीन प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा कुरा उठायो । रविजीले संसदमा बोल्ने समय माग्नुभयो । काँग्रेसले बोल्न नदिने अडान लियो । हामीले काँग्रेसको अडान गलत छ, गृह मन्त्रीलाई बोल्न दिनु पर्छ भन्यौ । अन्ततः कांग्रेस अडानबाट पछि हट्यो । रविजीले संसद्को सिस्टमबाट आफ्नो बचाउ गर्नु भयो ।आज साइकलको पाङ्ग्रा त्यही ठाउँमा आइपुग्यो । हिजो गृहमन्त्रीलाई बोल्न नदिने आज सत्ता पक्ष, गृह मन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष । हाम्रो अडान हिजो पनि त्यही थियो, आज पनि त्यही छ ।संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ । संसद् सुचारु गर्नु पर्छ । संवाद गर्ने थलो संसद् हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार