भारतका उत्तरपूर्वी राज्यमा बाढीको वितण्डा, अहिलेसम्म ३४ जनाको मृत्यु

मंगलबार, २० जेठ २०८२

काठमाडौँ । भारतका उत्तरपूर्वी राज्यहरूमा बाढीले वितण्डा मच्चाएको छ ।उत्तरपूर्वी राज्यहरू सिक्किम, मेघालय, मणिपाल आसाममा बाढीबाट अहिलेसम्म ३४ जनाको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

सिक्किममा आएको बाढीमा हजारौँ पर्यटक फसेको बताइएको छ भने मेघालयमा सेनाको उद्धार टोलीले मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम गरिरहेको छ । यहाँ बाढीमा ५०० जना फसेको बताइएको छ ।

मणिपुर अग्निशमन सेवा, आसाम राइफल्स, एसडीआरएफ र एनडीआरएफले बाढीमा फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेको रिपोर्टमा उल्लेख छ ।समाचार एजेन्सी पीटीआईका अनुसार, मणिपुरमा बाढीबाट ५६ हजार मानिसहरू प्रभावित भएका छन्। 

यहाँ बाढीबाट १० हजारभन्दा बढी घरहरू ध्वस्त भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार