काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनीलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।
प्रहरीले उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको जानकारी दिएको छ ।
प्रतिक्रिया