सात पर्यटक बसलाई सुरक्षा दिएर गन्तव्यमा पठाइयो

मंगलबार, २० जेठ २०८२
फाइल तस्बिर

चितवन – जिल्ला प्रहरी कार्यालयले १० वटा पर्यटक बसलाई सुरक्षा दिएर (स्कटिङ) गरेर गन्तव्यतर्फ पठाएको छ। यातायात व्यवसायीहरुले गरेको बन्दका कारण गन्तव्यमा जान नपाएका ती पर्यटक बसलाई स्कटिङ गरेर पठाइएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सौराहाबाट काठमाडौँका लागि सात र सौराहाबाट पोखराका लागि तीन पर्यटक बस स्कटिङ गरेर जिल्लाको नाकासम्म पुर्‍याइएको छ।

पोखरा जाने बसलाई मुग्लिनसम्म र काठमाडौँ जानेलाई मौवाखोलासम्म स्कटिङ गरेर पठाइएको उनले बताए।

प्रहरीको मोटरसाइकलमार्फत स्कटिङ गरेर बसलाई जिल्लाको नाका पार गराइएको हो।

उनका अनुसार प्र ३–००१ प १६२३, बा १ प ९७४, बा १ प ६८९, बा १ प १३९१, बाप्र ०१–००१ प १७०३, बा १ प १३९९, बा १ प १०७, ग १ प २८७, ग १ प १९१ र बा १ प १०७० नम्बरका पर्यटक बसलाई स्कटिङ गरिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार