यात्रुसँग बढी भाडा लिने ३३१ राइड सेयरिङ चालकलाई कारबाही

बुधबार, २१ जेठ २०८२

काठमाडौँ । यातायात व्यवसायीहरूले सार्वजनिक सवारी साधन बन्द गरेको मौका छोपी यात्रुसँग बढी भाडा लिने ३३१ जना राइड सेयरिङ चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलवार यात्रुसँग बढी भाडा लिने र यात्रुलाई दु:ख दिएका ३३१ राइड सेयरिङ चालक कारवाहीमा परेका हुन् ।

त्यस्तै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २७२ जना राइड सेयरिङ चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको जनाएको छ ।

सार्वजनिक सवारी साधन बन्द गरेको मौका छोपी राइड सेयरिङ चालकहरूले यात्रुलाई अफलाइनमा मात्र यात्रा गराउने, बढी भाडा लिने र गन्तव्यमा पुर्‍याएपछि भाडाको बार्गेनिङ गर्ने जस्ता क्रियाकलाप गरेर दुख दिएको देखिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार