विराटनगर । झापा दमकमा जंगली हात्तीले ५ वटा घरमा क्षति पुर्याएको छ । जंगलबाट दमक नगरपालिका–२ बेलडाँगीस्थित बस्तीमा छिरेर २ वटा हात्तीले आइतबार राति १० बजेतिर क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हात्तीले दमक–२ का टंकबहादुर राई, कुलबहादुर चौहान, चन्द्रकला खड्का, राजु लिम्बू र पुष्प खतिवडाको घरमा क्षति पुर्याएको छ । घर तथा भान्सा घर भत्काएर हात्तीले अन्नसमेत खाइदिएको छ ।
सबै जसो घरहरुमा सामान्य क्षति पुगेको छ । मानवीय क्षति भने नपुर्याएको प्रहरीले जनाएको छ । हात्ती करिब १ घण्टापछि जंगलतर्फ लागेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया