११ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

सोमबार, १९ साउन २०८२

काठमाडौं । प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न निकायले पठाएका सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

सूचनाअनुसार, जिम्मा लिएको काम तोकिएको समयमा सम्पन्न नगरेको आधारमा ती कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गरिएको हो ।

अब कालोसूचीमा परेका ती कम्पनीहरूले एकदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने छन् ।

सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र कार्यसम्पादनमा प्रभावकारिता ल्याउने उद्देश्यले यस्तो निर्णय गरिएको कार्यालयले स्पष्ट पारेको छ ।

blacklist2

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार