कर्णालीको नीति तथा कार्यक्रम आज आउँदै

बुधबार, २१ जेठ २०८२

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।

कर्णाली प्रदेश सभाको छैटौँ अधिवेशनको आज अपराह्न ३ बजे बस्ने बैठकमा कर्णाली प्रदेशको प्रदेश प्रमुखको भूमिका निभाइरहेका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएकाले सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।

जोशी असार १३ गतेसम्म संयुक्त राज्य अमेरिकामा रहने भएको राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते मन्त्रिपरिषद्को सिफारिस बमोजिम सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँलाई कर्णालीको प्रदेश प्रमुख तोकेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार