मोरङ, झापा र उदयपुरबाट लागू औषधसहित पाँच जना पक्राउ

मंगलबार, २७ जेठ २०८२

विराटनगर : लागू औषध विरुद्धको अभियानलाई तीव्रता दिँदै मोरङ, झापा र उदयपुर जिल्लाबाट प्रहरीले पाँच जनालाई लागू औषधसहित पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो, जिल्ला प्रहरी कार्यालयहरू र स्थानीय प्रहरी टोलीहरू सक्रियताका साथ तीन अलग–अलग स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मोरङको विराटनगर महानगरपालिका–१६ स्थित हुलासचोकबाट लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–३ का ३५ वर्षीय श्याम कुमार यादवलाई पक्राउ गरेको हो। उनको साथबाट ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम बरामद गरिएको छ। उनलाई हिजो साँझ ६ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट वडा प्रहरी कार्यालय भद्रपुरले खटाएको टोलीले दुई जनालाई पक्राउ गरेको छ। बिर्तामोड नगरपालिका–४ अनारमनीकी ४२ वर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका–१ सूर्यनगरका २४ वर्षीय अशारु चौधरीलाई ब्राउन सुगर २ ग्राम ४० मिलिग्रामसहित राति सवा ८ बजे नियन्त्रणमा लिइएको हो।

उदयपुरमा पनि प्रहरीले लागू औषध कारोबारमा संलग्न दुई युवालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–११ स्थित एक स्थानबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले त्रियुगा–१० का २३ वर्षीय रोनिस दाहाल र १८ वर्षीय बसन्त मोतेलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ट्रामोल नामक लागू औषधका ५५ क्याप्सुल र हालसम्म नचिनिएको औषधिका थप ३२ क्याप्सुल बरामद गरिएको छ।

पक्राउ परेका सबै व्यक्तिहरूलाई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयहरूले जनाएका छन्

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार