काठमाडौँ । भारतमा कुम्भमेलाको अवसरमा गत जनवरी २९ मा भएको भागदौडमा ८२ जनाको मृत्यु भएको बिबिसीले खुलासा गरेको छ ।
बिबिसीले एक रिपोर्ट सार्बजनिक गर्दै सरकारले ३७ जनाको मृत्यु भएको दाबि गरेपनि ८२ जनाको मृत्यु भएको प्रमाण आफुले जुटाएको दाबि गरेको हो ।
बिबिसीले कुम्भमेलामा मृत्यु भएका ३७ जनाको परिवारलाई उत्तर प्रदेश सरकारले २५-२५ लाख राहत दिएको त्यस बाहेकका मृतकलाई २५-२५ लाख नगद सहयोग गरेको दाबि गरेको छ । प्रदेश सरकारले ति मृतकहरु अन्य कारणले मरेको कागज गराएर नगद सहयोग गरेको प्रमाण भेटिएको दाबि गरेको हो ।
बिबिसीले कुम्भ मेलामा आफन्तको मृत्यु भएको दाबि गर्ने सय भन्दा बढी परिवारसंग कुरा गरेको तर प्रमाणको अभावका आधारमा ८२ जनामा उनीहरुलाई संलग्न नगराएको रिपोर्टमा उल्लेख गरेको छ ।
जनवरी १३ देखि फेब्रुअरी २६ सम्म चलेको कुम्भमेलामा ६६ करोड मानिस पुगेको दाबि गरिएको छ । यसको आयोजना गर्न उत्तर प्रदेश सरकारले ७ हजार करोड भारु खर्च गरेको बताइएको छ ।
प्रतिक्रिया