काठमाडौँको टोखामा गोली चल्यो

मंगलबार, २७ जेठ २०८२
साङ्केतिक तस्बिर

काठमाडौँ । काठमाडौँको टोखामा प्रहरीले गोली चलाएको छ । लागु औषध कारोबारमा संलग्न भारतीय नागरिकले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गरेको प्रहरीले जनाएको छ ।  टोखाको ग्राण्डी अस्पताल नजिकै भएको यस घटनामा दुई जनालाई गोली लागेको छ भने अन्य ४ जनालाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट लागु औषध बरामद गरेको छ । ६ जना भारतीय नागरिकले लागु औषधको कारोबार गर्न लागेको सुचनाका आधारमा प्रहरी पुगेपछि घटना भएको बताइएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार