काठमाडौं। ज्या पुन्हीकाअवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजाश्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनकालागि राखिएको छ ।
श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनकालागि राख्ने गरिएको केशव नारायण मन्दिरका सहायकपुजारी शिवशर्माले जानकारी दिए ।
उनले भने,‘आजजेष्ठ पूर्णिमाको दिनचाँही मणिकेशव नारायणको वार्षिक स्थापना गरेको दिनहो । वार्षिक स्थापना गरेको दिवस मानेर होम गर्छौ। श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनकालागि राख्ने गरेको छ ।’
उनको अनुसार आजको दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एक पटक मात्र सार्वजनिक रूपमा देखाइन्छ ।
प्रतिक्रिया