धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने भारतबाट आएका रहेका छन् । तिनै जनाको कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आएकाको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा जेठ २१ गतेदेखि गरिएको परिक्षणमा अहिलेसम्म १९ जनामा कोरोना संक्रमण देखिएको छ ।
निर्देशनालयले संक्रमित मध्ये ८ जनालाई ठिक भएको जानकारी दिएको छ ।
प्रतिक्रिया