काठमाडौँ । भारतको अहमदाबादबाट लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ एआई १७१ विमान दुर्घटनामा परेर गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ ।
२४२ यात्रु सवार विमान भारतीय समयअनुसार दिउँसो १:३८ बजे उडेपछि केही मिनेटमै विमानस्थल नजिकै दुर्घटनामा परेको हो। दुर्घटनाको कारण प्राविधिक समस्या मानिएको छ।
विमानमा अन्य कैयौंको ज्यान गएको आशंका गरिएको छ भने उद्धार कार्य जारी छ। यो पनि- एयर इण्डियाको विमान दुर्घटनास्थलबाट १०० बढि शव निकालियो
प्रतिक्रिया