प्रतिनिधिसभाको बैठक शुक्रबार बस्नेगरी स्थगित

विहीबार, २९ जेठ २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित भएको हो । 

त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरी जेठ ३० गते शुक्रबार दिउँसो १ बजे बस्ने बैठक जनाएको हो । 

गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार