केदारनाथका तीर्थयात्री चढेको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

आइतबार, ०१ असार २०८२
फाइल तस्बिर

काठमाडौं : भारतीय राज्य उत्तराखण्डमा तीर्थयात्री चढेको हेलिकप्टर आइतबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्ड र सोनप्रयाग क्षेत्रमा हेलिकप्टर खसेको हो।  जसमा सवार चालकसहित पाँच जनाको मृत्यु भएको बताइएको छ। हेलिकप्टर आर्यन कम्पनीको थियो।

हेलिकप्टर बिहान ५:१५ बजे गुप्तकासीबाट केदारनाथका लागि उडेको थियो। केदारनाथ धाममा यात्रुहरूलाई छाडेपछि त्यहाँबाट अन्य यात्रुहरू लिएर फर्किंदा हेलिकप्टर दुर्घटना भएको हो। nदुर्घटनामा पाइलटको पनि मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार