गर्मी छल्न कुरिनटार रिट्रिटमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो

सोमबार, ०२ असार २०८२

चितवन :  इच्छाकामना गाउँपालिका अन्तर्गतको कुरिनटारमा अवस्थित ‘कुरिनटार रिट्रिट’ रिसोर्टमा गर्मी छल्न आन्तरिक पर्यटकहरूको भीड बढिरहेको छ। प्रमुख राजमार्गसँगै रहेको यो रिसोर्ट शान्त वातावरण, हरियाली र मनोरञ्जनात्मक सुविधाका कारण आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्न थालेको हो।

प्रसिद्ध मनकामना मन्दिर नजिकै रहेको यस रिट्रिटमा काठमाडौँ आउने–जाने यात्रुहरू, देशका विभिन्न सहरबाट आएका पर्यटक तथा तीर्थयात्रीहरू नियमित रूपमा पुग्ने गरेका छन्। एलिट हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालनमा रहेको रिट्रिटमा आरामदायी आवास, स्वादिलो खाना र रमणीय वातावरणले आकर्षण थपेको छ।

यहाँको भव्य स्विमिङ पूल, हरियालीले भरिएको परिसर, बालबालिकाका लागि आधुनिक खेलमैदान र इलेक्ट्रोनिक सवारी चार्जिङ स्टेशनजस्ता सुविधा विशेष लोकप्रिय छन्। साथै, नेपाली, भारतीय र अन्तर्राष्ट्रिय परिकार पस्किने एसी रेस्टुरेन्ट यात्रुहरूको रोजाइमा परेको छ।

रिट्रिटले आगामी दिनमा थप सेवा र संरचना विस्तारको तयारी गरिरहेको जानकारी दिएको छ। यसले कुरिनटार क्षेत्रमा आन्तरिक पर्यटनलाई अझ प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2025-06-16 at 09.19.44_f4cf436c_11zonWhatsApp Image 2025-06-16 at 09.19.44_fba6cab6_11zonWhatsApp Image 2025-06-16 at 09.19.45_ee1c657d_11zonWhatsApp Image 2025-06-16 at 09.19.46_3b86df82_11zonWhatsApp Image 2025-06-16 at 09.19.46_5e26d37c_11zonWhatsApp Image 2025-06-16 at 09.19.46_f7360be3_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार