दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

विहीबार, ०५ असार २०८२

ओखलढुङ्गा । शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा यहाँको खिजीदेम्बा गाउँपालिकाले शववाहन सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले नौ लाख १३ हजार खर्च गरेर पुरानो एम्बुलेन्स मर्मत गरी शववाहन तयार गरिएको बताए । एम्बुलेन्स बिग्रिएर नचल्ने अवस्थामा पुगेपछि शववाहन बनाइएको थियो ।

अध्यक्ष शेर्पाको मागअनुसार शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बालाई शववाहन सञ्चालनका लागि आर्थिक सहयोग रकम पठाएपछि खिजीदेम्बामा शववाहन सञ्चालन गर्न सम्भव भएको हो ।

गाउँपालिकाले सहयोग गर्ने शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बाको पहिचान झल्काउने सांस्कृतिक उद्यान निर्माणमा समेत सहयोग गर्ने भएको छ ।

यसअघि शववाहन नहुँदा परीक्षण गर्नुपर्ने शव ट्र्याक्टरमा मृतकका आफन्तले महँगो खर्चमा रुम्जाटार र रामेछापको सदरमुकाम मन्थली लैजानुपर्ने बाध्यता थियो । जुनसुकै सवारीले शव नबोक्ने र बोक्ने सवारीले महँगो रकम लिने गरेको थियो । शववाहन सञ्चालनमा ल्याउने खिजीदेम्बा जिल्लामा पहिलोे पालिका हो । जिल्लाका अन्य कतिपय स्थानीय तहमा एउटा पनि एम्बुलेन्स छैन । खिजीदेम्बामा पाँच एम्बुलेन्स सञ्चालमा छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार