काठमाडौँ । इजरायल र इरानबिचको हवाई युद्ध छैटौँ दिनमा प्रवेश गर्दा बुधवार तेलको मूल्य वृद्धि भएको छ । जसले गर्दा आपूर्तिमा प्रणालीमा ठुलो अवरोध आउने त्रास बढेको छ ।
जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सस इन्टरमिडियटको मूल्य न्यु योर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ । अगस्टको डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आइसीई फ्युचर्स एक्सचेन्जमा २५ सेन्ट अर्थात् ०.३३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.७० डलर पुगेको छ ।
क्षेत्रीय तनावको ठुलो वृद्धिमा, इजरायलले जुन १३ मा इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै ठुलो मात्रामा हवाई आक्रमण सुरु ग¥यो । त्यस दिन पछि इरानले प्रतिरोधात्मक हमलाको जवाफ दियो र दुई पक्षबिच गोली हानाहान अझै जारी छ ।
प्रतिक्रिया