सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरू पुनः सञ्चालनमा

विहीबार, ०५ असार २०८२

काठमाडौँ । सरकारले माग सम्बोधन नगरे पनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् ।

बुधवार सम्पन्न संयुक्त राष्ट्रिय भेलाले आन्दोलन रोक्ने निर्णय गरेपछि बिहीबारदेखि काठमाडौँसहित बागमती प्रदेशका पसल पुनः सञ्चालनमा आएका छन् ।

महासङ्घले असार मसान्तसम्मका लागि अल्टिमेटम दिएको छ । व्यवसायीले सुनमा लगाइएको २५ विलासिता कर र हिरा–रत्नमा लगाइएको १३५ भ्याट हटाउन, साथै नेपाल–भारतबिच सुनको भन्सार दर समान बनाउन सरकारलाई आग्रह गरेका छन् । माग सम्बोधन नभए सशक्त आन्दोलनको चेतावनी दिइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार