ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रवार ४ बजे हुने

विहीबार, ०५ असार २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई ओभरको उद्घाटन गर्ने भएका छन् ।

भोली असार ६ गते शुक्रवार अपराह्न ४ बजे ओलीले उक्त फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ ।

गएको शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार