मितेरी सहकारी ठगी प्रकरण : भण्डारीलाई प्रहरीले कम्बोडियाबाट काठमाडौँ ल्यायो

विहीबार, ०५ असार २०८२

काठमाडौँ : मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट काठमाडौँ ल्याएको छ । इन्टरपोलको सहयोगमा उनलाई कम्बोडियाबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । 

भण्डारी विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । उनलाई ल्याउन नेपाल प्रहरीका अधिकृत कम्बोडिया गएका थिए । सिंगापुर एयरलाइन्सको उडानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो । कम्बोडियाको कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेका थिए । पक्राउ परेको सूचना पाएसँगै उनलाई नेपाल ल्याउन इन्टरपोल मार्फत पत्राचार गरिएको थियो ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । 

बर्दिया घर भएका ज्योति भण्डारी समेतले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार