इटहरी: नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा इटहरी उपमहानगरपालिका वडा नं. १ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयको स्काउट ट्रुपको आयोजनामा भएको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, स्काउटका सदस्यसहित स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। कार्यक्रम संयोजक तथा स्काउटर शिक्षक वन्दना दाहालका अनुसार जम्मा ५३ जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा कोशी प्रदेश स्काउटका आयुक्त हेमन्त भण्डारी, इटहरी उपमहानगरपालिका आयुक्त डा. वेणुप्रसाद सिटौला, वडा नं. १ का वडाध्यक्ष कैलाश कार्की लगायतको उपस्थितिले कार्यक्रमलाई औपचारिकता दिएको थियो।
विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
उद्घाटन समारोहमा विभिन्न सामाजिक संस्थाका अगुवा, समाजसेवी, शिक्षक अभिभावक सङ्घका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
प्रतिक्रिया