झापा । झापाको झापा गाउँपालिका–४ चौधरी टोलमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पन्थपाडाबाट झापा बजारतर्फ जाँदै गरेको अनटेस्ट अपाची मोटरसाइकल बिहान ११ः३५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाइकलमा तीन जना सवार थिए।
दुर्घटनामा झापा–३ निवासी २२ वर्षीय साहिदुल हकको मृत्यु भएको हो। उनको तत्काल उद्धार गरेर बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
त्यसैगरी दुर्घटनामा मोटरसाइकल चालक झापा–४ का २४ वर्षीय इनरुल भनिने फकिर अली गम्भीर घाइते भएका छन्। उनको बी एन्ड सी अस्पतालमै उपचार भइरहेको छ। मोटरसाइकलको पछाडि सवार अर्का युवक २१ वर्षीय सोहिल मियाँको अवस्था मध्यम रहेको र उनी बिर्तासिटी अस्पतालमा उपचाररत रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछिको प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलको गति तीव्र रहेको आशंका गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया