सिरहा : सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडकखण्डमा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ।
दिउँसो भएको उक्त दुर्घटनामा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा मृत्यु भएको हो।
पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल ठोक्किएको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय रहेका छन्।
घाइते तीनै जनालाई तत्काल प्रादेशिक अस्पताल सिरहा पुर्याइएको थियो। तर, चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया