सर्लाही : नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले सर्लाहीको बरहथवा घटनामा पीडितलाई अन्याय गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
असारको एक शनिबार सडक विस्तारका क्रममा बरहथवा नगरपालिका–४ मा भएको झडपमा स्थानीयवासीसहित केही सुरक्षाकर्मी घाइते भएका थिए। सिंहले मंगलबार घटनास्थलमा पुगेर पीडित परिवारसँग भेट गरेपछि सञ्चारकर्मीसँग बोल्दै दोषीमाथि कठोर कारबाहीको माग गरे।
उनले घटनाको निष्पक्ष छानबिन र दोषी जोकोही भएपनि कारबाही गर्न सरकारलाई आग्रह गरे। सिंहले अराजकता फैलाउनेहरूमाथि गृह मन्त्रालयमार्फत कानुनी कारबाहीको माग समेत अघि सारे।
यसैबीच, सडक विस्तारका क्रममा महिलामाथि भएको दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि स्थानीय आक्रोश चुलिएको छ। घटनाले सुरक्षा निकायप्रति जनविश्वासमा समेत असर परेको सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले बताएका छन्।
प्रतिक्रिया