काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश भू–भागमा आंशिकदेखि साधरणतया बदलीको अवस्था छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला केही घण्टामा कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ ।
आज दिउँसो देशका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिकदेखि साधरणतया बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।
गण्डकी, लुम्बिनी,कर्णाली, सुदूरपश्चिम र कोशी तथा बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, गण्डकी,लुम्बिनी,कर्णाली,सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ भने कोशी,बागमती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ ।
साथै,राति कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
प्रतिक्रिया