मकालु स्कुलका ३१ विद्यार्थी दीक्षित,४ जिपिएसहित शतप्रतिशत नतिजा

आइतबार, २९ असार २०८२

इटहरी : मकालु इङ्लिस बोर्डिङ स्कुल,इटहरीले २०८१ सालको एसइई परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका ३१ जना विद्यार्थीलाई एक भव्य दीक्षान्त समारोहमार्फत सम्मान गरेको छ।

जिपिए ४.० सहित शतप्रतिशत नतिजा ल्याएका विद्यार्थीहरूको सफलतालाई सम्मान गर्ने उद्देश्यसहित उक्त कार्यक्रम सम्पन्न भएको हो।

WhatsApp Image 2025-07-13 at 08.00.39

कार्यक्रमको प्रमुख आतिथ्य शिक्षा विकास तथा समन्वय इकाई,सुनसरीका प्रमुख देवेन्द्रबहादुर मल्लले गर्दै मेहनत र समर्पणकै कारण मकालु स्कुलले यस्तो प्रशंसनीय नतिजा ल्याएको उल्लेख गरे। “विद्यार्थीले गरेका प्रयास अनुसारकै परिणाम देखिएको हो,”उनले भने।

विशिष्ट अतिथिका रूपमा बोल्दै शिक्षाविद् तथा पूर्व जिल्ला शिक्षा अधिकारी सुवर्णबहादुर थापाले दीक्षान्त समारोहलाई प्रेरणादायी कदम भन्दै यसले विद्यार्थीमा आत्मबल थप्ने बताए। “हामीले आफ्नो संस्कृति र संस्कारलाई शिक्षामा समेट्न जरुरी छ,”थापाको भनाइ थियो।

त्यस्तै कार्यक्रममा पूर्व कृषि तथा राज्यमन्त्री रामकुमारी चौधरीले विद्यालयको समर्पित प्रयासका कारण नै यस्तो प्रशंसनीय उपलब्धि हासिल भएको बताउँदै संस्थागत विद्यालयको भविष्य उज्यालो भएको उल्लेख गरे।

एनप्याब्सन सुनसरीका सल्लाहकार नारायण सन्जेलले संस्थागत विद्यालयले राष्ट्रिय नतिजामा अग्रता कायम राखेको स्पष्ट पार्दै सुनसरीका सातै वटा जिपिए ४.० ल्याउने विद्यालयहरु संस्थागत नै रहेको बताए।

WhatsApp Image 2025-07-13 at 08.00.40

प्याब्सन सुनसरीका उपाध्यक्ष गणेश भट्टराई,इटहरी नगर प्याब्सनका अध्यक्ष लगायत अतिथिहरूले विद्यालय,शिक्षक,अभिभावक र विद्यार्थीको साझा प्रयासले मात्रै यस्तो उत्कृष्ट नतिजा सम्भव भएकोमा जोड दिएका थिए।

कार्यक्रमको अध्यक्षता मकालु स्कुलका प्रधानाध्यापक थानेश्वर ढकाल ‘नेल्सन’ले गरे। उनले विद्यालयको ऐतिहासिक सफलतालाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अभिभावक र विद्यार्थीको विश्वास अझै मजबुत बनाउने प्रतिबद्धता जनाए

अभिभावक प्रतिनिधिको रूपमा संस्थापक अध्यक्ष चिन्तामणि पौडेलले मकालु स्कुललाई उत्कृष्टताको प्रतीकको रूपमा प्रस्तुत गर्दै प्रशंसा  गरे । 

WhatsApp Image 2025-07-13 at 08.00.42

कार्यक्रमको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रञ्जना शर्माले दिएकी थिइन । दीक्षान्त समारोहलाई थप आकर्षक बनाउन विद्यालयका विद्यार्थीहरूले नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

४.० जिपिए ल्याउने मिसु प्रधान,अस्टिका थापा र सफलता गिरीले शिक्षकहरूबाट प्राप्त ज्ञान,सीप र अनुशासनले आफूहरूको जीवन निर्माणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार