काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका नेपाली विद्यार्थीहरूका लागि इन्लाइटन इन्टरनेशनल एजुकेशनले “स्टडी अब्रोड बुटक्याम्प ९.०” आयोजना गर्ने भएको छ।
यो कार्यक्रम बागबजार-२८ स्थित इन्लाइटनको केन्द्रिय कार्यालयमा जुलाई ४, २०२५ (असार २०, २०८२) मा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ।
यो बुटक्याम्प सन् २०२५ को इन्टेकका लागि संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाजस्ता प्रमुख गन्तव्यहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एक महत्वपूर्ण अवसर हुने इन्लाइटनले जनाएकाे छ ।
यो बुटक्याम्पको नवौं संस्करणले विदेश अध्ययन यात्राका सबै पक्षहरूलाई समेट्ने गरी पूर्ण मार्गदर्शन प्याकेज प्रदान गर्ने लक्ष्य राखेको छ। विद्यार्थीहरूले विश्वविद्यालय छनोट, छात्रवृत्ति, वित्तीय कागजात तयारी र प्रमुख देशहरूको भिसा प्रक्रियाबारे विशेषज्ञ परामर्श प्राप्त गर्नेछन्।
कार्यक्रममा ब्रिटिश काउन्सिल र पियर्सनका प्रतिनिधिहरूद्वारा गहन सत्रहरू सञ्चालन गर्नेछन्, जसले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अंग्रेजी भाषा परीक्षणहरूका बारेमा मूल्यवान जानकारी दिनेछन्। बुटक्याम्पले आईईएलटीएस, पीटीई, टाेफेल, डुओलिंगो र स्याटको लागि समर्पित टेस्ट तयारीकाे मार्गदर्शन पनि प्रदान गर्नेछ ।
कार्यक्रममा ब्रिटिश काउन्सिलकी अकाउन्ट म्यानेजर रसिका कार्कीले आईईएलटीएस, पियर्सनका रिजनल डेभलपमेन्ट म्यानेजर सुमन कृष्ण श्रेष्ठले पीटीई, ईटीएसका सिनियर कन्सल्ट्यान्ट सौरभ श्रेष्ठले टाेफेलबारे विशेष सत्रहरू सञ्चालन गर्नेछन् ।
साथै विद्यार्थीहरूले विभिन्न देशका विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर पनि पाउनेछन् । अमेरिकाका लागि युनिभर्सिटी अफ ब्रिजपोर्टका कन्ट्री म्यानेजर-नेपाल अमर श्रेष्ठ, साउथइस्ट मिसौरी स्टेट युनिभर्सिटीका इन्टरनेशनल रिक्रुटर विष्णु पाण्डे, विलियम प्याटरसन युनिभर्सिटीका इन्टरनेशनल रिक्रुटमेन्ट म्यानेजर रोजिका पोखरेल र क्यानाडाकाे युनिभर्सिटी क्यानडा वेस्ट एसोसिएट डाइरेक्टर नेत्र प्रसाद कोइराला पनि कार्यक्रममा सहभागी हुनेछन् ।
कार्यक्रममा सहभागी हुनेहरुलाई इन्लाइटनले आईईएलटीएस, पीटीई, टाेफेल, डुओलिंगो र स्याट कोर्सहरूमा ३० छुट सहितका बोनस अफरहरूकाे व्यवस्था मिलाएकाे छ । साथै आकर्षक उपहार ह्याम्पर, चलचित्रको टिकट र रिचार्ज कार्डहरू जित्ने अवसर पनि पाउनेछन्।
अनलाइन दर्ताका लागि यो लिङ्क प्रयोग गर्न सकिन्छ: https://forms.gle/rwuUkHr3HRQRtpDV9।
प्रतिक्रिया